पलाँतामा सवारी दुघर्टटना एक जनाको मृत्यु : घाईतेहरुकाे हेलिकोप्टर मार्फत उद्धार

फाल्गुन १०,कालीकोट। कालीकोट जिल्लाको पलाँता गाउँपालिको वडा नं ९ र्थिपुमा सवारी दुघर्टटना हुदा एक जनाको मृत्यु भएको छ।

कर्णाली नदीवाट तेलको ड्ममा गाडी राखेर गाउँपालिका तारेपछि खुसियाली गरिरहेका वेला गाउँपालिकामा कार्यरत एक जना प्राबिधिकले गाडी चलाउदा स्वागतका लागि सडकमा लाईनमा वसेकाहरु ठक्कर दिदा एक जनाको घटना स्थलमै मृत्यु भएको र नौ जना घाईते भएका छन ।

मृत्यु हुनेमा पलाँता गाउँपालिका वडा नं १ पुलाहका ६२ वर्षिय परिलाल भण्डारी रहेकाछन। उनि सडकमै वसेका भए । अन्य नागरिक पनि सडकमै वसेर चालकलाई अबिर लगाउदै थिए । गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमका अनुसार चालकलाई सबैले स्वागत गरिरहेका वेला जाड पिएको गैर चालकले गाडी चलाउदा दुर्घटना भएको वताए। उनले धनमान सिहं बम जक्ती भनिनेले दुर्घटना गराएको वताए। आफुले धेरै नागरिकलाई यताउता नपन्छाएको भए अझै ठुलो क्षदी हुने अध्यक्ष बमले वताए ।

दुर्घटना गराउने गैर चालक गाउँपालिकामा कार्यरत प्राबिधिक भएको स्थानीयले वताएका छन। उनि गाडी चालक होइन, तर किन गाडी चलए, त्यसको पनि जानकारी कसैसंग छैन ।

दुर्घटनामा घाईते हुनेहरुमा वडा नं ९ का वडा अध्यक्ष टक्क बम, बाँचे बिक, कलवहादुर भण्डारी, रत्न बिक, मनिजन शाही, पार्वती बिक, मनराज परियार, दर्ज दमाई र रमित बिक रहेका छन ।

घाईते नौ जना मध्य तीन वडान-९का अध्यक्ष टक्क बम, वाँचे बिक र रत्न बिकलाई हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ भने अन्यको पलाँता अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी सिद्धराज न्यौपानेले हेलिकोप्टर वाट उद्धार गरिएका घाईते पनि खतरा मुक्त रहेको वताए ।

सामान्य घाईते भएकालाई प्राथमिक उपचार पछि घर पठाईएको छ । गाडी वडा नं १ का एक जनाले आज मात्र ल्याएर गाउँमा चलाउन लिदै गर्दा यस्तो घटना भएको वताईएको छ ।