
२०माघ,कालीकोट। स्थानीय तहका कर्मचारीहरुकालागि एकीकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्बन्धी तालिम सुरु गरीएको छ। जिल्लाको नाैवटै स्थानीयतहका,शिक्षा शाखा प्रमुख,प्रध्यानाध्यापक लगाएत २१ जना सहभागीलाई शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्बन्धी तालिम प्रदान गर्न लागिएको हो ।
सामाजिक बिकाश मन्त्रालय कर्णाली प्रदेशका शाख अधिकृत वलविर सुनारको प्रमुख आथित्यता तथा किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलराम पाण्डेको बिषेश आथित्यतामा कार्यक्रम सुरु गरीएको हो। किर्डाक नेपालको कर्णाली शिक्षा परियोजना अन्तर्गत प्लान ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारी र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा बुधवार देखि तिन दिन सम्मको लागि तालिम सुरु गरीएको छ।
कार्याक्रमको उदेश्य वारेमा जानकारी गराउदै बिषेश अथिति तुलराम पण्डेले पालिका स्थरमा शैक्षिक सुधार,पालिका विच समन्वय र सुचना प्राली व्यवस्थापन सम्बन्धि जानकारी गराएका थिए। कार्याक्रमको संन्चालन किर्डाक नेपालको कर्णाली शिक्षा परियोजनाका परीयोजना संयोजक बिर तिरुवाले गरेका थिए।



karnalipress
२० माघ २०७८, बिहीबार १०:२९