मान्म बजारको खानेपानी समस्या हट्दै

जेठ १७,कालिकोट। मान्म बजारको खानेपानी समस्या हट्ने भएको छ। गर्मी सुरु भएसँगै प्रत्येक वर्ष बजारवासीलाई खानेपानी अभावका कारण विभिन्न समस्याले सताउने गरेको थियो।

खाँडाचक्र नगरपालिको सदरमुकाम मान्मबजारको खानेपानी समस्या सामाधानको लागि नब निर्बाचित अध्यक्ष धर्मराज टमटा सहितको टोलि निरन्तर काममा लागि रहेका छन्।खानेपानीको चरम अभाव खेपिरहेका वडानम्बर १ का नगरिकको समस्या समाधान गर्नकालागि जनेश शाही,हिक्मतजंग मल्ल,माया खड्का,बिनोदबहादुर शाही लगाएत सात जनाको अनुगमन समिति गठन गरि खानेपानी मर्मतको काम गरि रहेका छन्।

सोमबार तत्काल मान्म बजारको खानेपानी समस्या समाधानका साथै खानेपानी सुधार र व्यवस्थापनका लागि १२ ओटा डाइरेट लाईन हटाई नागरिकको पहुँचमा खानेपानी पुगाउन अध्यक्ष सहितको टोलि लागिपरेको छ। अनुगमनको क्रममा खानेपानी मुहानमा पुगेर सुधार गरि खानेपानीको चरम अभाव खेपिरहेका मान्म बजारका नगरिकलाई पानि पुराईने भएको हो।

बिभिन्न ठाउँका खानेपानीका पाईपलाईन सुधार गरिएको छ। साथै तोडफोड भएका ट्याङ्कि, पाईपलाईन मर्मत गरि,खानेपानी सुधार गरिएको छ। खानेपानीको अभावका बेला बजारमा खानेपानीका डाइरेट लाईन हटाई उनिहरुलाई र्अको ठाउँमा ब्यवास्थापन गरिने खानेपानी समस्या सामाधान टोलिका हिक्मतजंङ मल्लले जानकारि दिए। उनले भने खानेपानी समस्यामा परेका मान्म बजार वासिलाई अवको १ हप्ता भित्र खानेपानि पुराउने छौं।

खानेपानी समस्या सामाधानको लागि खाँडाचक्र नगरपालिकाका मेयर कमल शाही पनि लागि परेका छन्। खानेपानीको ट्याङ्किमा कर्मचारि बाहेकअरु नगरिकलाई नजान सुचना समेत टासिएको छ।