पत्रकारीता सम्बन्धि गोष्ठी समुदायको हितमा कलम चलाउनु पर्ने सुझाव

१४ मंसिर,कालीकोट । वातावरण संरक्षणमा पत्रकारहरुकाे भुमिका बिषयक १ दिने पत्रकारीता सम्बन्धि कार्यशाला गाेष्ठी कालिकाेटमा सम्पन्न भएकाे छ । ग्रामीण हिमाली क्षेत्रमा दिगाे जिविकाेपार्जन तथा जैबिक विविधता संरक्षण (शुलभ ) परियाेजनाकाे समन्वयमा कालिकाेटमा रहेका पत्रकारहरुलाई एक दिने गाेष्ठी दिईएकाे हाे ।

टि.डि.एच ,बि.एम,जेड जर्मनीकाे आर्थिक सहयाेग, मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकाेटकाे सहजिकरणमा वातावरण संरक्षण तथा बिविध बिषय बस्तुमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनु पर्ने कुराहरुकाे बिषयमा छलफल तथा प्रशिक्षण दिईएकाे छ । कार्यक्रममा बाेल्दै शुलभ परियाेजनाका कार्यक्रम संयाेजक राजेश गाैतमले वातावरण संरक्षणमा पत्रकारहरुकाे पनि महत्त्वपूर्ण भुमिका रहने भएकाले पत्रकारहरुका कलम जैविक विविधता र वातावरण संरक्षणका बिषयमा चल्नु पर्ने बताएका छन् ।

राजनीतिक समाचार सम्प्रेषणमा पत्रकारहरु अग्रसर देखिएका कारण समाजमा रहेका अन्य विषय बस्तुहरुकाे खाेजी गरि समुदायकाे हितमा कलम चलाउनु पर्ने सुझाव दिएका छन् । शुलभ परियाेजनाका मुल्यांकन तथा अनुगमन संयाेजक सराेज पन्थिले पत्रकार राज्यको चाैथाे अंङग भएकाले सरकारमुखी भन्दा पनि नागरिककाे हितमा बाेल्नु पर्ने भन्दै पर्यटन पत्रकारितालाई खाेजी गर्दै दिगाे जिविकाे पार्जन तथा जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा पनि पत्रकारीता गर्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गरे ।

मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकाेटका काेषाध्यक्ष दिलिप कुमार शाहीले मानव अधिकारका क्षेत्रमा हुरेन्डेक नेपाल कालिकाेटले विगत लामाे समय देखि विभिन्न क्रियाकलाप गर्दै आएकाे बताउदै हाल समाजमा रहेका विभिन्न परम्परागत हानिकारक अभ्यास न्युनिकरण तथा बिकास निर्माणका क्षेत्रमा काम गर्दै आएकाले विगतका बर्षहरुमा पनि पत्रकारहरुलाई तालिम तथा गाेष्ठी दिदै आएकाे बताएका छन् । आगामी दिनमा कालिकाेटमा रहेका सम्पूर्ण पत्रकारहरुलाई पिडितलाई न्याय दिने र दाेशीलाई कार्वाही गर्ने खालकाे समचार सम्प्रेषण गर्नु पर्ने बताएका छन् ।

राजनीतिक खिचातानीमा पत्रकार जानेक्रम बढ्दाे भएकाले याे प्रबृतीलाई राेक्न सबै लाग्नु पर्ने उनले भनाई राखेका छन् । गाेष्ठीका प्रशिक्षक बरिष्ठ पत्रकार कालि बहादुर मल्लले पत्रकारीताकाे आचार संहिता,एैन कानुन र पत्रकारले गर्न हुने तथा गर्न नहुने बिषयमा सहभागी पत्रकारलाई प्रशिक्षण दिएका छन् । हाल नेपालकाे पत्रकारीता,संविधानकाे ब्यवस्था र प्रेस काउन्सिल नेपालले गरेका नीति तथा एैन बारे प्रष्ट पारेका छन् ।

कालिकाेटका संचार माध्यममा क्रियाशिल नयाँ तथा पुराना पत्रकारहरुलाई खाेज पत्रकारीताका बिषयमा विभिन्न ज्ञान,सीप तथा अनुभव बारे प्रशिक्षण दिदै आगामी दिनमा खाेजी पत्रकारीतामा ध्यान दिन समेत प्रशिक्षक मल्ले सहभागी पत्रकारहरुलाई जानकारी दिएका छन् । १ दिने पत्रकारीता सम्बन्धिकाे कार्यशाला गाेष्ठीमा हुरेन्डेक नेपालका काेषाध्यक्ष दिलिप कुमार शाहीकाे अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टकाे प्रमुख आथित्यता तथा बरिष्ठ पत्रकार तुलाराम पाण्डेकाे विशेष आथित्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा शुलभ परियाेजनाका कालिकाेट कार्यक्रम संयाेजक गाेपाल सिंह कार्की , शुलभ परियाेजनाका लेखा संयाेजक लक्ष्मी प्रसाद देवकाेटा लगाएत कालिकाेटमा रहेका विभिन्न संचार माध्यममा आबद्व क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे संचालक पत्रकार महासंघ कालिकाेटका सचिव खडानन्द अधिकारिले गरेका थिए ।