श्रमजिवि पत्रकार ऐन कार्यन्वयनको अवस्था बुझ्न समिति कालीकोटमाः पत्रकार समस्याको पहिचान हुने

माघ १,कालीकोट। श्रमजिवि पत्रकार ऐन कार्यन्वयनको अवस्था सम्वन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मान्ममा सम्पन्न भएको छ । जिल्लाका सन्चार माध्यमको अवस्था वुझ्न न्युनतम पारीश्रामिक निरधार्ण समिति कालीकोटमा पुगेर अन्तरक्रिया गरिएको हो ।

नेपाल पत्रकार महाँसघ कालीकोटका अध्यक्ष भरतराज बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि न्युनतम पारीश्रामिक निरधार्ण समितिका सदस्य नवराज महतारा रहनु भएको थियो । उहाँ श्रमजिवि पत्रकार ऐनले पत्रकारका सबै खाले समुस्या समाधानका लागि आफ्नो समितिले मिडियाका मालिक सँग छलफल चलाईरहेको वताउनुभयो । उहाँले श्रतको पहिचान गरेर मात्र मिडियाको मालिक वन्नु भन्दा पनि लहडका भरमा रेडियो खोल्ने र लगानि नहुदा पत्रकारलाई पारिश्रमिक दिन नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।उहाँले आफुले सरकारसंग समानुपातिक बिज्ञापन प्रर्णालीका बिषयमा छलफल गर्ने वताउनुभयो ।

अन्तरक्रियामा सहभागी प्रेसचौतारीका केन्द्रीय सदस्य दोय प्रेमराज सिम्खडा र कालीवहादुर मल्लले स्थानिय सरकारको पक्षपाति व्यवहारले गर्दा जिल्लाका सामुदायिक रेडियो सकटमा रहेको वताउनु भएको थियो । उहाँहरूले समानुपातिक बिज्ञापन बितरण प्रणाली लागू गराउन र स्थानिय सरकारले कार्यलयकै आगनमा टावर ठोकेर रेडियो सनचालन गर्ने र अरू रेडियोको मुखमा वुजो लगाउने परिपार्टीको अन्ते  गराउन सुझाव खिएका थिए । समितिले आयोजना गरेको कार्यक्रममा जिल्लाका विभिन्न सन्चार माध्यमा कार्यरत पत्रकार र मिडियाका सञ्चालकहरूको सहभागिता रहेको थियो ।