निरु विक हत्याको अनुसन्धान गर्न क्षेत्रवाट प्रहरी टोली खटियो,

ललित बिष्ट भाद्र १२,कालीकोट,जिल्लाको खाँडाचक्र नगरपालिका वडानं.६ कि एक किशोरी घर नजिकै मकैवारीमा मृर्त भेटिएको घटनालाई अनुसन्धान गर्न प्रहरीको एक टोली क्षेत्रवाट खटिएको छ । भदौ ४ गते घरवाट निस्केकी रन्ने बिकको छोरी वर्ष १६ की निरु बिक ७ गते घर भन्दा दुई सय मिटर तल मकै वारीमा मृर्त भेटिएपछि किशोरीको वलात्कार पछि हत्या भएको आशंका गरिएको छ।

किशोरीको कम्मर भन्दा मुनिको भाग जंगली जनावरले खाईसकेकाले वलात्कार हो या अरु केही छुटाउ समस्या भएको प्रहरीले जनाएकोछ । घरवाट हराएको ३ दिन पछि मात्र सप फेला परेकाले वलात्कार पछि हत्या गरी फालेको आफ्न्तले आशंका गरेका छन । घटना शंकास्पद भएकाले क्षेत्रिय अनुसन्धान टिम पनि कालीकोट पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले हाल सम्म २५ देखि ३० जनालाई सोधपुछ गरिरहेको छ ।

प्रहरीले कसैलाई प्रक्राउ नगरेपनि क्षेत्रिय अनुसन्धान ब्युरोवाट आएको प्रहरी नायव निरिक्षक (सई) एक टोली र कालीकोटका प्रहरी प्रमुख डिएसपी चक्र शाह नेतृत्वको टोलीले सयुक्त अनुसन्धान गरिरहेको छ । कालीकोटका प्रहरी प्रमुख शाहले अनुसन्धान कुनै वेला घटना नजिक पुग्ने र कति वेला जिरोमा झर्ने गरेको वताउनुभयो ।

केही खुल्छ होला भनेर सोचिन्छ । तर एकै छिनमा सन्यमा आउने गरेकाले परिवारका सदस्य र किशोरीको सभ सुरुमा देख्ने किशोरीकै अन्टीवाट समेत केही खुल्न नसकेको वताउनुभयो । उनको अन्टीले सात वजे तिर होला पछ्यौरी मागेर गएकी हुन । त्यसपछि कहाँ के भयो आफुलाई जानकारी नभएको वताउने गरेको प्रहरी प्रमुख शाहले वताउनुभयो ।

घटनाको अनुसन्धान सारै फितलो भएको र किशोरीको सभ भेटिएको एक हप्ता पुग्दा पनि कुनै कुरा पत्ता लगाउन प्रहरी असफल भएको भन्दै जिल्लाका ११ वटा दलित संघ संगठनले बिरोध जनाएका छन । शुक्रबार एक सयुक्त बिज्ञाप्ती प्रकाशित गदै प्रहरीको ध्यानाक्रषण गराएका छन । प्रहरीले भने किशोरीको आधा वडी नै जंगली जनावरले खाईसकेकाले अनुसन्धान गर्न कटिन भएको वताएको छ ।

डिएनए लगाएतका धेरै परिक्षण गर्न पठाएकाले बिषाधी प्रयोग हो या वलात्कार पछि हत्या हो, त्यो केही खुल्ने आस प्रहरीले गरेको छ । फोन पनि राम्रो नलाग्ने ठाउँ भएकाले किशोरीको फोनमा धेरै कुरा भएको पनि नभेटिएको प्रहरीले जनाएको छ । केही ब्यक्तिसंग कुरा भएको देखिएको छ । त्यसको पनि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । वालिकाको हत्याको अनुसन्धान छिटो गरी हतयारालाई कार्वाहीको दायरामा ल्याउन नेपाल पत्रकार महांसघ कालीकोटका अध्यक्ष भरतराज बिष्टको टोली र नागरिक समाजका अगुवाहरुले प्रहरीलाई निरन्तर दवाफ दिईरहेका छन ।