
ललित विष्ट बैशाख २७,सुर्खेत । दैलेखको आठविस नगरपालिका –६ माल्ले सामुदायिक वनमा आगलागि हुदा ११ जना घाईते भएका छन् । जंगल नजिक काम गर्न गएका उनीहरु आगालागिबाट बच्ने क्रममा आगोले पोलेर ११ जना घाइते भएका छन ति मध्य चार जना गम्भिर घाइते भएको आठविस नगरपालिका की उप–मेयर कल्पना थापाले जानकारी दिइन्।
घाइते हुनेमा आठविस नगरपालिका—६ का स्थानीय भिम विक,प्रकाश विक,जुना विक,बसन्दरा विक गम्भिर घाईते भएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको कामगर्न पुगेका उनीहरु वनमा आगालागि भएपछि भाग्न खेज्दा आगोले जलेर घाईते भएको ६ नम्वरका वडाअध्यक्ष नमराज शर्माले बताए ।
उनका अनुसार ‘आगो नियन्त्रणका लागि पुगेका स्थानीयहरु उल्टै आगोले वरिपरिबाट घेरा हाल्यो ।’ वडाअध्यक्ष शर्माले भने, विचमा रहेको ठुलो ढुंगाभित्र बच्च पुगेपनि हावाको बेगले आगो भित्रै पुग्दा सवै घाईते हुन पुगे ।’
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गोरेटो बाटो निर्माणमा खटिएका भैरव विकको अवस्था चिन्ताजनक छ। उनको शरीर जलेको प्रहरीले जनाएको छ। अन्य तिन जना पनि गम्भीर घाइते छन्। गम्भीर घाइते हुनेहरूमा नैना विक, बसुन्धरा विक र प्रकाश विक रहेको प्रहरीले जानकारी दिएको छ। अन्य ७ जना सामान्य घाइते छन्।
घाइतेहरूको उद्धार गरी आठबीस नगरपालिका-४ स्थित राकमकर्णाली आधारभूत अस्पतालमा उपचारका लागि प्राथमिक उपचार भइरहेको नगरपालिकाका उपप्रमुख कल्पना थापाले बताइन्।
गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाउने तयारी भइरहेको उनले बताइन्। सामान्य घाइते भएकालाई समेत थप उपचारका लागि सुर्खेत पठाइने उपप्रमुख थापाको भनाइ छ।



karnalipress
२७ बैशाख २०८०, बुधबार १६:३०