जुड्डीमा पहिरो कर्णाली नदी सुक्यो

असोज २६ कालीकोट। कर्णाली नदी सुकेको छ । आज बिहान एक्कासी कर्णाली नदी साविकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन । पलाँताका शिक्षक लंकवहादुर बमले ७ वजेट ४० मिनेटमा फोन गदै कर्णाली नदीको १५ मिटर सतह कम भएको रखोलाको रुपमा परिणत भएको वताउनुभयो । उहाँले नदी एक्कासी सुकेपछि नागरिक त्रर्सित भएका छन केही भने नदी किनारमा माछा छोप्न भिड लागेको वताउनुभयो ।

पलाँताका सव इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदि किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै वेला अप्रिय घटना हुन सक्ने वताउनुभयो । उहाँले सुरक्षा निकाय सबैलाई खवर गरिदिन अनुरोध समेत गर्नु भएको छ । फोन राम्रो नचल्ने पलाँतामा नागरिक एका तिर त्रसित छन भने अर्को तिर माछा मार्नमा ब्यस्त पनि छन । कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो भने आफै पहिरो छिचलेर वगेमा धेरै मानविय क्षदी हुने छ ।

हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो । कर्णाली नदी एक्कासी कसरी सक्यो नागरिकमा त्रास फैलिएको छ । यस बिषयमा सुरक्षा निकाय पनि वेखवर छ । जिल्ला प्रह्री कार्यालय कालीकोटका इन्सीपेक्टर महेश शाहीले कर्णाली नदी ५० प्रतिसत सुकेको वताउनुभयो । वाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको प्रहरीले जनाएको छ ।