आठबिसको नगरसभापतिमा अर्जुन शाहीको प्यानल बिजयी,

असोज १४,दैलेख। जिल्लाकाे आठबिस नगरपालिकामा नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएको छ।निर्वाचन परिणामले आठबिस नगरपालिकामा देउवा विचार समूहमा आवद्ध  नगरस भापति अर्जुन बहादुर शाही सहितको प्यानल बिजयी भएको हो।

नगर सभापति अर्जुन बहादुर शाही,उपसभापति धन बहादुर सिजापती,उपसभापति टिकाराम कठायत,सचीव महेन्द माझी,सचीव डिल्ली जैसी,सह सचिव टोपेन्द्र चन्द,सह सचिव छत्र बडुवाल सहितको प्यानल बिजय भएको थियो।

“निर्वाचन परिणामा जम्मा १६० क्षेत्रीय प्रतिनिधि रहेको र १५७ मत खसेको थियो जसमा  अर्जुन शाहिले ८५ मत प्राप्त गरि बिजयी भएका थिए,भने उनका प्रतिद्वन्दी पुर्ण प्रसाद खनालले जम्मा ५७ प्राप्त गरेका थिए। ती मध्य १० मत बदर भएका थिए।देउवा पक्षका उमेदवार अर्जुन शाही सहित चार जना रहेका छन्,भने दुईसचिव र एउटा उपसभापति इतर पक्षका छन्।”

इतर पक्षमा पुर्ब मन्त्री शिवराज जोशी जिल्ला सचिब भुपेन्द्र शाहिको प्यानल भएकाले उनिहरुको हारको रुपमा कार्यकर्ताले लिएको नेपाली काँग्रेस दैलेख स्रोतले जनाएको छ।