
कालीकोट । नेपाल निजामती कर्मचारी संगठन कालीकोटको अध्यक्षमा भक्तिप्रसाद पाण्डे निर्वाचित भएका छन् । नेकपा (एमाले) निकट कर्मचारी संगठनको कालीकोटको सदरमुकाम मान्ममा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
संगठनको उपाध्यक्षद्वयमा कम्मर ब. बम र रिता कुमारी पाण्डे, सचिव प्रकाशचन्द्र धिताल, सह–सचिवमा दिलिप प्रसाद न्यौपाने र कोषाध्यक्षमा दमन राज शाही रहेका छन् ।
karnalipress
१३ माघ २०८१, आईतवार १०:००