सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिँदै

 जुम्ला। कर्णाली प्रदेशसभामा दर्ता भएको “सिंजा सभ्यताको संरक्षण तथा विकास विद्येयक”माथि सुझाब सङ्कलन गरिदैं छ । प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विद्येयक “सिंजा सभ्यताको संरक्षण तथा विकास विद्येयक”माथि कात्तिक २८ गते कनकासुन्दरी गाउँपालिका ४ लामाथाँडामा सुझाब सङ्कलन गर्न लागिएको हो ।

कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा सांसद नरेश भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा “सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८”दर्ता गराउनुभएको थियो । विद्येयकलाई पुर्णता दिनका लागि भोलीकनकासुन्दरी गाउँपालिकामा सुझाब सङ्कलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।