कालीकोटमा मनाइयो स्वास्थ्य बीमा दिवस

कालीकोट। कालीकोटमा विभिन्न कार्यक्रमको आयोजना गरि नवौं स्वास्थ्य बीमा दिवस मनाईको छ। सोमबार स्वास्थ्य बीमा दिवस विशेष कार्यक्रमको आयोजना गरि भव्य र सभ्य रुपमा दिवस मनाईको स्वास्थ्य बीमा बोर्ड कालीकोटका प्रमुख सर्पराज रोकायाले बताए ।

स्वास्थ्य बीमा स्थापना भएको दिन पारेर हरेक वर्ष चैत २५ मा यो दिवस मनाइँदै आईएको छ। हरेक वर्ष मनाउदै आएको दिवस यो वर्ष पनि “सबै नागारिकको स्वास्थ्य बीमामा सहभागीता,सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता “भन्ने नाराका साथ कालीकोटमा पनि नवौं स्वास्थ्य बीमा दिवस मनाइएको हो ।

तस्तै कालीकोटमा हालसम्म ५६ हजार भन्दा बढीजना स्वास्थ्य बीमामा आवद्ध भएको तथ्यांक मा उल्लेख गरिएको छ। साथै विमा नविकरण जेष्ठ नागरिक, एचआइभी संक्रमित,अपांगता भएका व्यक्ति,एमडीआर टीबी भएका व्यक्तिहरुको नेपाल सरकारले निशुल्क रुपमा स्वास्थ्य बीमा गर्दै आएको छ। स्वास्थ्य बीमा गरेका नागरिकलाई १ लाख रुपैयाँ बराबरको उपचार निशुल्क गर्ने गरिएको कार्यालय प्रमुख सर्पराज रोकायाले बताए ।