
श्रावण ९,धनगढी। हिन्दु रक्षा मोर्चाले पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
धनगढीको एल एन चोकमा हिन्दु रक्षा मोर्चाले हिन्दु धर्म माथी सामाजिक संजालमा डा.बाबुराम भट्टराईले दिएको गलत अभिव्यक्ति प्रति बिरोध गर्दै पुत्ला जलाएर आपत्ति जनाएको मणिराम चौलागाईले जानकारी दिनुभयो ।
साउन ६ गते डा.भट्टराईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूधधारा अर्पण गर्दै गरेको तस्वीरलाई माध्यम बनाएर विवादित अभिव्यक्ति दिनु भएको थियो ।



karnalipress
९ श्रावण २०७८, शनिबार ०७:१९