
श्रावण २९,कालिकोट। स्वास्थ्य सेवा कार्यालय कालीकोटले आपतकालीन रुपमा खरिद गरेको औषधीको मुख्य सुची छोपेको पाईएको छ । कोरोना सङ्क्रमणको वेला कार्यालयले खरिद गरि ल्याएको औषधी मध्य केही औषधीको मुल्य उल्लेख गरेको ठाउँमा कालो मसि अर्थात मार्करले छोपेको पाईएको हो ।
खरिद गरेको औषधी मध्य मोलकोट र भिटामिन सि का सबै पाकेटमा कालो टिपेक्स लगाएर मुल्य छोपेको छ । कोभिड अस्पताल कालीकोटको स्टोरमा भेटिएको मोलकोट र भिटामिन सि औषधीको वाहिर सिगल डिब्बा र भित्र सबै औषधीको पत्तामा समेत कालो मसिले पोतेर मुल्य सुचि छोपेको पाईएपछि बिभिन्न आशंका उत्पन्न भएको छ ।
कोभिड अस्पतालको फार्मेसीमा काम गदै आउनु भएका नविन वुढाले आफुले माग गर्ने र स्वास्थ्य सेवा कार्यालयले पठाईदिने भएकाले अरु कुनै जानकारी नभएको वताउनुभयो । माग गरेको औषधी भएकाले यो कार्यालयले खरिद गरेको नै हुनुपर्ने वुढाको भनाई छ ।
कार्यालयले अस्पताल फार्मेसीका लागि खरिद गरेको केही औषधीको उल्लेखित मुल्यसुचीमा पनि कालो प्रमान्टेड मार्करले पोतेको छ । फार्मेसीमा कार्यरत प्रकाश अधिकारीले भने आफुले त्यस्तो नभेटाएको केही दिन आयो होला निशुल्क औषधी दिने ठाउँवाट तर यहाँ नभएको वताउनुभयो ।
कसैले मेडिकलमा लिएर बिग्री गर्छन की भनेर यस्तो गरेको हुनसक्ने उहाँको भनाई छ । उहाँले अरुमा त छैन केही औषधीमा त्यस्तो गरेको छ । अहिले अस्पताल भन्दा वाहिर रहेकाले कुन औषधीमा हो भनेर भन्न भने नसकिने वताउनुभयो । कार्यालयले खरिद गरेको अक्सोमिटर पनि कामचालु छैनन ।
सिल तोडेर प्रयोग गर्दा समेत अक्सोमिटरले काम नगर्ने गरेको कर्मचारीले वताएका छन । खै कसैले दिएका हुन वा अस्पतालले खरिद गरेका हुन । कुनै पनि समान गुणस्तरिय छैनन कोभिड अस्पतालमा कार्यरत कर्मचारीले वताएका छन । हामीले भनेको नभन्नुहोला हामीले प्रयोग गर्दा जम्मै अक्सोमिटर उस्तै छन । निमित्त ब्यवस्थापक कटकवहादुर महतले भने औषधी अन्यत्र बिक्रि नहोस भनेर आफुहरुले मुल्य सुचीमा मसिले छोपेको वताउनुभयो ।
कसैले बिक्रि गर्न सक्छ भनेर हामीले मसिले मुल्य छोपेका हौ महतले भन्नुभयो । कोरोनाका बिरामीले निशुल्क उपचार पाईरहेका छन । तर त्यस्तो ठाउँमा कसले औषधी बिग्री गर्छ होला भन्दै स्वास्थ्यक्रर्मी समेत अच्चमीत भएका छन । त्यहाँ नभएको औषधी खरिद गर्नु पर्ने भएपनि बिरामीलाई किन्न लगाएको समेत पाईएको छ । केही समय अगाडी कोरोना संक्रमित एक महिलाका लागि उहाँका श्रीमानले वजारका मेडिकलवाट औषधी खरिद गरी ल्याएर दिनु भएको थियो ।



karnalipress
२९ श्रावण २०७८, शुक्रबार ०५:४६