प्रचण्ड कालिकोट आउदै

बैशाख २६,कालिकोट। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज कालिकोट आउने भएका छन् ।स्थानीय तहको चुनावी आमसभा लाई सम्बोधन गर्न प्रचण्ड कालिकोट आउन लागेका हुन् ।

कालिकोट जिल्लाको राष्कोट नगरपालिका,पलाँता गाउँपालिका,तिलागुफा नगरपालिका र पिलिमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रम कर्णाली प्रदेश कमिटी सह-इन्चार्ज एवं पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगाएतका नेता हरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।