खाँडाचक्र भित्रका स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण विशेष प्याकेज तालिम सम्पन्न

माघ २७,कालिकोट। खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाकाे आयोजनामा पालिका स्तरीय स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण विशेष प्याकेज तालिम बिहिबार सम्पन भएको छ।खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा माघ २१ गतेदेखि  स्वास्थ्यकर्मीहरुलाई ७ दिने तालिम सुरुगरेकाे थियो।

कार्यक्रममा बोल्दै प्रशिक्षक कटक बहादुर महतले भन्ने ‘बालबालिकाको जीवनरक्षा,स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो, राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी हुर्कन सक्छन्,समुदायमा सहभागी हुन र योगदान दिन,तथा रोग,विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। तर कुपोषणबाट पिडित लाखौं बालबालिकाको लागि वास्तविकता निकै तितो देखिएको छ।’

यस्तै प्रमुख अथिति डा.रत्नविर सुनारले भने ‘मातृ,नवजात शिशु तथा नावालकको पोषण मार्फत होचोपन,पुड्कोपन र ख्याउटेपन न्युनिकरण गर्ने र गम्भिर कुपोषणको व्यवस्थापन गर्ने विशेष गरि बालबालिकाको सुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू,उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने गरेको बताए।’

स्वास्थ्य शाखा संयोजक सेजुवाले भने ‘ लाखौं बालबालिका चरम कुपोषणका कारण पुड्का हुन जान्छन् जसको उपचार सम्भव छैन।यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रुपमै छोट्याउने गरेले पोषमा ध्यान दिनु पर्ने बताए।’

कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाईंको सभा अध्यक्षता र नि.स्वास्थ्य व्यवस्थापक डा.रत्नविर सुनारको प्रमुख आतिथ्यता,जनस्वास्थ्य अधिकृत कटक बहादुर महत,खाँडाचक्र स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवाल र खाँडाचक्र नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु र पत्रकारको सहभागिता रहेको थियो।