रास्कोट नगरको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण

असार ७ ,कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरेको छ । नगरपालिकाले आरसिपि बजारबाट रास्कोट सामुदायिक अस्पताल सम्म गाढि जाने सडको आज उद्घाटन गराएको हो। आरसिपि बजारबाट अस्पताल सम्म जाने सडक नहुदा स्थानिय नागरिक तथा बिरामिहरुले सास्ती खेपी रहनु परेको थियो ।

सडक संञ्चालनमा आएपछि बजारबाट सिधै रास्कोट सामुदायिक अस्पतालमा बिरामि लिन एम्बुलेन्स सहज रुपमा जाने भएपछि स्थानि बासि खुसि भएका छन् । सडक उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री शाही र नगर प्रमुख धर्मराज शाही पोषण, उप प्रमुख मनिराज बराल लगाएत नगर बासिको उपस्थिती रहेको बताईएको छ ।