हर्ष वढाइका साथ फुलपाती भित्राइयो

असोज २६,कालिकोट। कालीकोट जिल्लाको कोटदरवार मन्दीरवाट हर्षवढाँईका साथ फुलपाती भित्राईएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोट, नेपाली सेनाको सम्सेर गुल्मको टोलीले शुभसाईतमा कोटदरवार पुगेर हर्ष वढाईँका साथ फुलपाती भित्राएको हो ।

फुलपाती भित्राउन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाली सेनाको सम्सेर गुल्मका गुल्मपती निरज प्रताप राणा, खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे, प्रहरी प्रमुख चक्र शाह लगाएतको टोली कोटदरवार मन्दीरमा पुगेको थियो ।

दशैको छैटौ दिन मन्दीर परिसरमा वलि दिएर फुलपाती भित्राईएको हो । बिभिन्न फुलपाती जङगलवाट ल्याएर मन्दीरमा पुगि बिधि पुर्वक फुलपाती भित्राएको जनाईएको छ ।

खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले हिन्दु परम्परा अनुसार बिधि पुर्वक शुभ साईतमा फुलपाती भित्राएको वताउनुभयो । पुजारी चयचन्द अधिकारीका साथ सबै सरकारी अण्डका प्रमुख कर्मचारी र नेपाली सेनाको टोली कोटदरवार मन्दीर पुगेको थियो ।