कालीमार्सी धान, जुम्लाको सान

नौरते नेपाली,भाद्र २८,जुम्ला। जुम्लाको पहिचान बनेको कालीमार्सी धानको बजार भाउ वढ्दो छ । जुम्ली किसानले यसको खेती गर्दै आएका छन् ।अहिले जुम्लामा कुल २९ सय हेक्टरमा धान खेती हुने गरेको छ । १ हजार ६सय हेक्टर मा कालीमार्सी धानको खेती हुने गरेको किसान जगत वहादुर रोकायले बताउनु भयो । १३सय हेक्टर क्षेत्रफलमा उन्नत जातको धान लगाइन्छ ।

बजारमा यसको मुल्य प्रतिकेजी १सय २रूपैँया तोकेको छ । जुम्लामै चामलको मुल्य १सय ५० रूपैँया छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले जुम्लाको कालीमार्सी धानलाई ब्राण्डका रूपमा स्थापित गरेको हो ।

बजारमा कालीमार्सी धानको भाउ धेरै भएकोले कालीमार्सी धानमा किसान आर्कषित भएको कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । गत वर्ष जुम्लाबाट १५ टन कालीमार्सी चामल क्यानडा निर्यात भएको थियो । यो चामलमा पोसिलो र अत्याधिक कार्बोहाइड्रेट प्राप्त समेत गर्न सकिन्छ । यसको पनि स्वाद रसिलो र मीठो भएकाले यसको माग बढि रहेको छ ।