
श्रावण ८ मान्म, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कालिकोटको बैठक सम्पन्न भएको छ।अध्यक्ष धनजित शाहीको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका प्रदेश कमिटी सदस्य लक्ष्मीप्रसाद चौलागाईं ,विष्णु बिक ,गंगा खड्का ,सचिवालय सदस्य खेम बहादुर सिंह,दिपक चौलागाईं ,जिल्ला कमिटी सदस्य प्रभानन्द आचार्य लगाएका नेताको सहभागीता रहेको थियो।
जनवर्गि संगठनको भेला सम्मेलनकालागि आयोजक समिति गठन गरियो छ वाइसीएल नेपाल संयोजक जग्ग फडेरा ,सह-संयोजक हस्त शाही ,अनेमासंघ क्रान्तिकारी संयोजक मिठ्ठु शाही,सह-संयोजक गिता सिंह ,अखिल क्रान्तिकारी संयोजक मनसिंह शाही ,किसान महासंघ संयोजक भिम बराल ,सह-संयोजक विशाखर न्यौपाने दलित मुक्तिमोर्चा संयोजक देउरामा विश्वकर्मा ,सह-संयोजक नैन विश्वकर्मा नेकपा माओवादी केन्द्र कालिकोट जिल्लामा भातृ संगठनलाई क्रियाशील बनाउनकोलागि जिम्मेवारी तोकिएको पार्टी अध्यक्ष धनजित शाही आदर्शले बताए ।
आगामी दिनहरूमा कालिकोट जिल्लामा माओवादी केन्द्रको विधान अनुसार सम्पूर्ण कमिटीहरुलाई भेला सम्मेलन गरि पुर्णता दिने र पाटी कमिटी लाई चलाएमान गर्न का लागि सो बैठकले निर्णय गरेको छ।नेकपा माओवादी केन्द्र र नेकपा एमाले छुट्टा छुट्टै भए पछि जनवर्गीय संगठनको नेतृत्व तोक्ने काम भएको सचिवालय सदस्य दिपक चौलागाईंले जानकारी दिए।



karnalipress
८ श्रावण २०७८, शुक्रबार १८:५९