
भाद्र १६,काठमाण्डौ। उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै भदौ मसान्तसम्मका लागि थपिएको छ । निषेधाज्ञाकाे अवधिमा भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन ।
शैक्षिक संस्था सञ्चालन गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नुभएको आदेशमा उल्लेख छ ।
निषेधाज्ञाकाे अवधिमा जात्रा, सभा, जुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन । चाडपर्वहरू साङ्केतिक रूपमा मनाउन र व्यवसायहरू सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
निर्माण सामग्रीको ढुवानी बेलुकी नौ बजेदेखि बिहान पाँच बजेसम्म मात्र गर्न पाइनेछ ।



karnalipress
१६ भाद्र २०७८, बुधबार १७:३८