
कालीकोट। जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानकालागि ५० लाखको लागतमा पदमार्ग तयार भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा पचालझरनामा ६ सय मिटर लामो पदमार्ग तयार गरीएको सूचना प्रविधि अधिकृ प्रकाशकुमार कठायतले जानकारी दिनुभयो ।
उहाँका अनुसार “पदमार्ग निर्माण भएको ६ सय मिटर सम्म जान सजिलो हुने छ।” मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यहरुका लागी पहुच बिस्तार कार्यक्रम अन्तरगत पचालझरनालाई पनि सूचीकृत गरिएको छ।”
नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानकालागि पदमार्ग बनाईएको गाउँपालिकाले जनाएको छ। यस्तै पचालझरना जानकाे लागि २८ सय मिटर पदमार्गकाे मंसिर १गते सिलान्यास गरिने भएको छ।



karnalipress
३० कार्तिक २०७८, मंगलवार ०८:५९