
बैशाख २२,कालिकोट । आउदाे वैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा समाज प्रभावित पर्ने गरि प्रचारप्रसार भएकाे स्थानीय वासिहरूले गुनासो गरेका छन्। निर्वाचन आचारसहिंता विबरित प्रचारप्रसारमा हाेडवाजि तरिकाले प्रचारप्रसार भएको गुनासाे गरेका हुन् ।
निर्वाचन अधिकृतकाे कार्यालय कालिकोटले आयाेजना गरेकाे उम्मेदवार संग निर्वाचन आचारसहिंता अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीले यस्ताे बताएका छन्। विशेष गरि खाँडाचक्र नगरपालिकाका मेयर तथा अन्य पदका उम्मेदवारहरूले आचारसहिंता उलंघन गरेर प्रचारप्रसार गरेकाे गुनासाे आएको छ ।उनिहरूले समाजकाे शान्त वातावरण मा असहज तथा ध्यानि प्रदुषण फैलायकाे, सार्वजनिक स्थानहरूमा प्रचापम्पलेट टाँसेकाे लगायत गुनासाे गरेका थिए।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यायाधीश लालकाजि श्रेष्ठले आउदाे वैशाख ३० गते हुने निर्वाचन शान्त र मर्यादित रूपमा सम्पन्न गर्न लागि परेकाे बताए । उम्मेदवारहरूलाई पनि कम खर्च र मितव्यहि तवरमा चुनाव सम्पन्न गर्न अनुराेध गरेकाे बताए ।
आचारसहिंता उलंघन भएकाे हाे भने, हामिले नियन्त्रण गर्ने प्रतिवद्वता जायर गरेका थिए ।यस्तै प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले निर्वाचन शान्त, मर्यादित तथा भयरहित रूपमा सफल्ता पुर्वक सम्पन्न गर्न आफु लागिपरेकाे



karnalipress
२२ बैशाख २०७९, बिहीबार ०७:१७