गठबन्धन सरकार विदेशीको स्वार्थमा चलेको छः एमाले अध्यक्ष ओली

असोज १०,वीरेन्द्रनगर।  गठबन्धनले सरकार विदेशीहरुको स्वार्थका लागि जे पनि गर्न तयार भएको आरोप नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् । बुधबार पार्टीको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा विदेशीहरुको स्वार्थपूर्तीका लागि गठबन्धनको सरकार लम्पसार भएको आरोप ओलीले लगाएका हुन् ।

उनले राष्ट्रिय हितको रक्षा एमालेले अगुवाई गर्दै आएको र गठबन्धन सरकार लम्पसारवाद तर्फ उन्मुख भएको बताए । ‘पुर्खाले लडेर बचाएको देश, सार्वभौम सत्ताको रक्षा गर्ने काम एमालेले गर्दै आएको छ ।’ अध्यक्ष ओलीले भने, देशमा शान्ति ब्यवस्था गर्ने हाम्रो अविभारा रहेको छ ।’ सुन तस्करी, भ्रष्टाचार लगायका विषयलाई जोड्दै ओलीले भने, ‘काँक्रा चोर्ने उनीहरु विया हाम्रोतिर टाँसेर उम्किन गठबन्धन सरकार लागिपरेको छ ।’ प्रधानमन्त्री स्वदेश फर्केपछि एमालेसंग भएको सहमतीका विषयमा सरकारसंग गम्भिर भएर लाग्ने त्यसको परिणाम सरकारले भोग्ने ओलीले खुलासा गरे ।

भूमि अनुसारको कृषि खेती हुनुपर्छ तर, यहाँ अरुको नक्कल गरेर नहुँने ठाउँमा कृषि गरेका कारण फस्टाउन सकेको नसकेको भन्दै जहाँ जे हुन्छ त्यहि गर्ने हो कर्णालीमा मुख्यत ःपशु र माछापालन, जडिवुटी प्रमुख भएको ओलीले बताए । रेलदेखि विभिन्न पूर्वाधार निर्माणसम्म योजनाहरु सुनाउँदै अध्यक्ष ओलीले एमालेले मात्रै गरेको विकास जनताले अहिलेसम्म देखेको बताए ।

ओलीले आफ्नो सरकारले भूकम्पमा मात्रै ८ लाख ५० हजार घरहरु बनाएर देखाएको ठोकुवा गरे । ‘जनतामाँझ एमालेले गरेको कामहरुको प्रचार गर्नुस् ।’ ओलीले कार्यकर्तामाँझ भने, मिसन ८४ मा हरेक वडामा ५१ प्रतिशत एमाले बनाउने अभियान थाल्नुस् ।’ उनले यसपालीको प्रतिनिधिसभा सदस्यमा कर्णालीबाट एमालेलाई लागेको धक्का स्मरण गर्दै अर्को चुनावमा तयारीका साथ लाग्नुपर्ने बताए । यो सरकारले जनताको वास्ता गर्दैन हामीले भनेपछि मात्रै गने बताए । शिक्षकको माग सम्बोधन गरेन् । शिक्षकलाई नै फुटायो । ओलीले भने, सरकारले समाधान छिटो गरोस ।

गठबन्धनको सरकारले जस्तोसुकै अपराधलाई बढावा दिएको आरोप समेत ओलीले लगाए । उनले मान्छे मार्नेलाई छुट सर्वसाधारणलाई जेलमा बस्ने अपराधीलाई छुटाउने गरेको प्रतिक्रिया दिए । आफूले सरकार छोडेको २ वर्षमै देश आर्थिक अवस्था ओरालो लागेको र यही अवस्थामा सरकार चलीरहेमा देश भयानक दुर्घटनामा जाने निश्चित भएको ओलीले बताए ।
ओली काठमाडौंबाट बुधवार नेपालगंज हुँदै सुर्खेत आएका थिए । उद्घाटन कार्यक्रम सकेर ओली नेपालगंज गएका छन् । एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए ।