
ललित विष्ट,
असार १५,कालीकोट । एक महिने आधारभूत सिलाई कटाई तालिमले दलित महिलालाई राहत भएको छ। मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रम अन्र्तगत एक महिने सिलाई कटाई तालिमा सम्पन्न भएको छ । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जनक श्रर्माले एक महिनासम्म सिकेको सिपलाई जिवनमा लागुगर्न आग्रह गरे । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उनले बताए ।
पछाडि पारिएको दलित समुदायको सिप विकासका लागि र रोजगारी सिर्जना गर्न दलित आयआर्जनका विभिन्न कार्यक्रम भइरहेको मुख्यमन्त्री दलित आय आर्जनकार्यक्रमका सदस्य दिनेश चदाराले बताए । उनले दलित समुदायको माग अनुसार तालिम दिएकाले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गरे ।
सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको प्रशिक्षक मदन नेपालीले बताए । उनले तालिमले दलित महिला दिदिबहिनीहरुलाई स्वरोजगार,आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले यो एक महिनामा सिकाएको सिप थोरै भएपनी उपलब्धीमूलक रहेको बताउदै सिप र काम सानो ठूलो नहुने धारण राखे । मुख्यमन्त्री दलित आय आर्जनकार्यक्रम अन्तर्गत उद्योग तथा उपभोक्ता हिंत संरक्षण कार्यालय कालीकोटको आयोजनामा कालीकोट जिल्लाका ३७ जना दलित महिलाहरुलाई एक महिने सिपमुलक सिलाई कटाई तालिम दिइएको हो ।

मिहिनतका साथ सिकेको सिप जीवनमा परिवर्तन गर्न उद्योग तथा उपभोक्ता हिंत संरक्षण कार्यालय कालीकोटका प्रमुख श्री बहादुर विष्टले आग्रह गरे । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा काम गरि खान सक्ने उनले बताए ।
सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउँदै तालिम लिए पश्चात् महिला दिदीबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने उनको भनाईछ ।
प्रशिक्षार्थीहरुको तर्फबाट सिकाई अनुभव बताउदै प्रशिक्षार्थी सपना सार्कीले आफुले सिकेको सिपलाई सदुपयोगगरी घरमै स्वरोजगार बन्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले फेरिका दिनमा यस्ता खाले कार्यक्रम नभई लामो समयसम्म सिप सिक्न लाएक तालिम आयोजना गर्न आग्रह गरिन् । उनले ६ महिने डिप्लोमा कोषका तालिम आवश्यक रहेको बताइन्।
मुख्यमन्त्री दलित आय आर्जनकार्यक्रम अन्र्तगत रास्कोट नगरपालिकामा दश जना दलित युवाहरुलाई हाउस वाइरिङ तालिम, तिलागुफा नगरपालिकामा २० जनालाई ब्यमैसमी कृषि सम्बन्धी तालिम दिएको उद्योग तथा उपभोक्ता हिंत संरक्षण कार्यालय कालीकोटले जनाएको छ ।




karnalipress
१५ असार २०८२, आईतवार १९:०३