वाईसियलको शुभकालिकामा पालिका स्तरिय भेला सम्पन्न

असाेज ९,कालिकोट   नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको शुभकालिका गाउँपालिका स्तरिय सम्पन्न भएको छ । शुभकालिका गाउँपािलका वडा नं. ३ मा भव्य कार्यक्रमका विच सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका शुभकालिका गाउाँलिका अध्यक्ष गोविन्द आचार्य (अनिल) को अध्यक्षता,कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यता तथा अन्य नेताहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियोे  ।

कार्यक्रममा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य गंगा बोगटी (विरोध) माओवादी केन्द्र शुभकालिका गाउँपालिकाका इन्चार्ज (अटल) लगाएतका नेताहरुको उपस्थित रहेको थियो । विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा २ सय ६२ जनाले प्रवेश गरेका छन् । शुभकालिका गाउँपालिका वडा नं. ३ मा मजदुर किसान पार्टी,नेकपा एमाले,नेपाली कांग्रेसबाट ९० जनाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका जिल्ला कमिटि सदस्य विक्रम रोकाया ,नेता विवेश शाही सहित ९० जनाले प्रवेश गरेका छन् । यस्तै वडा नं. २ वाट ५३ जना ,वडा नं. ८ बाट २२ जना,वडा नं. ७ मा एमालेबाट मात्र १८ जना, वडा नं. ५ का किस्न बहादुर शाहीले पनी पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रमा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले माओवादी केन्द्रले १० वर्षे जनयुद्धमा लडेर देशमा गणतन्त्रको आभास दिलाएको बताउदै विभिन्न विकास निर्माणमा र देशको राजनैतिक अवस्थामा माओवादी केन्द्रले बदलेको बताउनु भएको छ ।

माओवादी केन्द्र विना सरकार चल्न र देशको विकास हुन सम्भव नभएको बताउनु भएको हो । देशको विकास गर्ने र संयौ सहिदहरुको सपना पुरा गर्न बाँकी रहेकाले विकासप्रेमी र नेताहरु माओवादी केन्द्रको पछी लाग्नु पर्ने बताउनु भएको छ ।