
बैशाख १३,कालिकोट। कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ८ का ७५ बर्षीया धर्म बुढा,१६ बर्षीया कल्पना बुढा र ११ बर्षीया बालिका सुस्मा बुढा कालिकोट देखि बाजुरा जाने क्रममा कालिकोटको त्रिवेणीपाटनमा हिमपातका कारण अलपत्र परेका छन् ।
मंगलबार कालीकोट देखि बाजुरा जानेक्रममा प्रतिकूल मौसमका कारण हिमपात भएपछि त्रिवेणी देउरा पाटनमा ३ जना अलपत्र परेका हुन् । सान्नीत्रिवेणी देखि त्रिवेणी पाटन सम्म हिडेर जाँदा मौसम परिर्वतनका कारण हिमपात भएपछि बिच बाटोमै अलपत्र परेका १६ बर्षीया कल्पना बुढाले बताइन् ।
आफु सँग आफ्नो हजुर बुवा र ११ बर्षीया बहिनी छन् । नत तल जाने सम्भावना छ नत माथि नै जाने अबस्था हिउँले घुडासम्म पुरीएर हिड्न सक्ने अबस्था नभएपछि आफ्नो उद्धारको लागि आग्रह गरेकि हुन् । पाटनको आसपासमा यता उति बस्ने बासस्थानको अबस्था सम्म नभएपछि आफुहरुलाई निकै गाह्रो भएको उनले बताएकी छन् ।
रिमझिम झरीसँगै बर्षाले भिजाएपछि अबस्था नाजुक भएको कल्पनाले गुनासो गरिन् । उद्धार कार्यका लागी जिल्ला प्रशासन कार्यालय कालिकोटले पहल गरि रहेको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । यस्तै उद्धारकै लागि स्थानियको टोली समेत पाटनमा गएको सान्नीत्रिवेणीका ८ का अरुण केशीले जानकारी दिए।



karnalipress
१३ बैशाख २०७९, मंगलवार २०:०६