हिंसावाट बालबालिका जोगाउन गाउँमा अभियान थालिने

फाल्गुन ७,कालिकोट। बालबालिका माथि हुने सबै खाले हिंसाको अत्यका लागि गाउँमा कक्षा सञ्चालन गरिने भएको छ । गाउँमा हरेक कारणले बालबालिका माथि नै हिंसा अबिभावकवाट हुने र त्यसको प्रभावले वालअधिकारको हनन हुने हुदा त्यसको अत्यका लागि हिंसा रहित अबिभावकत्व कक्षा सञ्चालन गरिने भएको हो ।

सेभ द चिल्डे्न,किर्डाक नेपालद्धारा सञ्चालीत सहयात्रा दोस्रो परियोजना लागु भएका जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा काम गर्ने सहजकर्ता र उत्प्रेरकहरुलाई प्रशिक्षण प्रशिक्षक तालिम दिएर गाउँमा कक्षा सञ्चालन गर्न थालिएको किर्डाक नेपाल कालीकोटले जनाएको छ ।

प्रशिक्षण प्रशिक्षक तालिमको उद्घाटन सत्रमा वोल्दै प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बालबालिकालाई हिंसा गर्दिन भनेर पहिलो प्रतिवद्धता सहजकर्ता र नजिकमा आफन्तले गर्नुपर्ने बताए । उनले भने गरिवी अशिक्षा, पारिवारिक वेमेलका कारणले हिंसा हुने गरेको भन्दै यस्ता कुरामा ख्याल गर्नु पर्ने बताए । परिवारका सदस्यले बालबालिकालाई राम्रो वानी सिकायमा वालविजाइ नहुन र त्यसवाट पनि हिंसा कम हुने प्रजिय शर्माको भनाई छ ।

उद्घाटन सत्रमा सहभागी शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फा शाहीले किर्डाक नेपाल र सेभ्द चिल्डे्नले आफ्नो गाउँपालिकामा बालबालिकाको क्षेत्रमा निकै ठुलो सहयोग गरेको प्रति खुसि ब्यक्त गदै आगामी दिनका कार्यक्रममा पनि गाउँपालिका सहयोग गर्न तयार रहेको वताइन ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी शिद्धराज न्यौपानेले हिंसा कानुनी रुपमा अपराध भएकाले त्यो गर्नु त के सोच्न पनि नहुने कुरामा नागरिकलाई सचेत पार्न सहकर्तालाई आग्रह गरे । सेभद चिल्डे्नका वाले बिश्वक्रर्माले हिंसा रहित समाज र वडा वनाउने जिम्मा सहजकर्ताको हो भनेर वुझाउन तालिमको आयोजना गरिएको बतए । उनले सहजकर्ताकै पहलले हिंसा रहित वडा, गाउँपालिका तथा नगरपालिका वन्ने बिश्वास समेत ब्यक्त गरे ।

किर्डाक नेपाल  जिल्ला संयोजक तुलाराम पाण्डेले सबै खाले हिंसा अन्ते गर्नका लागि यो अभियान सञ्चालन गर्न सहजकर्ता तयार गर्न थालिएको वताए । सहकर्ताका लागि आयोजित पाँच दिने कार्यक्रमको उद्घाटन सत्र समापन गदै जिल्ला संयोजक पाण्डेले अबिभावकवाट हुने हिंसाको अन्ते गरेर मात्र अरु हिंसा बिरोधी अभियान थाल्ने बताए। तालिममा शुभकालीका र तिलागुफा नगरपालिका भित्रका सहजकर्ताको सहभागीता रहेको छ ।