मागि खाने भाडाेबन्दै रास्काेट ६ काे सिममष्टा विद्यालय, १५ लाखमा पिलरमात्रै

कालिकोट — रास्कोट नगरपालिका वडा नम्बर ६ को सिममष्टा आधारभुत विद्यालय राजनिति दलहरुको मागि खाने भाँडो बनेको छ ।बालविकास कक्षा देखी कक्षा ३ सम्म जम्मा १९ जना विद्यार्थी रहेको सो विद्यालयमा संघिय संसाद कोषबाट गत आर्थिक वर्ष २०६७÷७७ मा १५ लाख रुपैयाँमा तिन कोठे भवन निर्माण गर्नु पर्ने भएपनी अहिले पिलर मात्र ठडाएर अलपत्र पारिएको हो ।

व्यवथापन समितिका अध्यक्ष नमराज फडेरा भएपनी भवनको निर्माण समिती अकै राखेर १५ लाख वजेटमा भवनको जग र पिलर मात्र ठडइएको पाइएको छ ।आफुलाई विद्यालयको अध्यक्षको हेरालो राखेर सवै कामहरु राजनिति सक्क्तीकै पावर पंहुचमा निर्माण समितिका अध्यक्ष भरत फडेरालाई दिएकाले भवन अधुरै रहेको हो ।

आफु त, नामको मात्र अध्यक्ष हुँ, कामका उनिहरुनै छन ।उनका अनुसार, बालविकास केन्द्रमा ९ जना, कक्षा १ मा ५ जना र कक्षा २ र ३ मा १४ जना मात्र विद्यार्थी रहेका छन ।५ कक्षा सम्म संचालन भएको विद्यालयमा ३ मा सिमित राखेर दरबन्दि कटौती गरेर बडालामा लिएको उनको आरोप छ ।

दरबन्दी कटौती गरी अन्तै लगेर १९ जना विद्यार्थी भएको विद्यालयमा फेरी पनी कमाईखाने भाँडो बनाउन १५ लाख पारेर भवन निर्माणनै नगरी पिलर मात्र ठड्याइएको उनले बताए । तपाई अध्यक्ष नामको मात्र भनेर कमजोरी पन्छाउन खोजेको ? भन्ने पश्नमा वर्तमान अध्यक्ष फडेराले आफुलाई विद्यालयको चेक काट्ने बेला मात्र बोलाउछन अरु बेला वास्ता गदैनन् ।उता नगरपालिका शिक्षा स्रोतव्यक्क्ती महाप्रसाद बरालले यो स्थानियकै आन्तरिक विवाद हो ।’

‘हामिलाई जानकारी आएअनुसार, विद्यार्थी संख्या कम भएर दरवन्दी कटौती गरेर बडालामा राखेको बताए । भवनको विषयमा वजेट नपगेर भवन निर्माण गर्न नसकिएको वुझिएको छ । तिन कोठे भवनको डिभीसी र पिलर मात्र हालिएको बरालले बताए ।स्थानियहरु पनि पुरानो विद्यालय हुदा हुदै नेता कता कार्यकर्ताको मागि खाने भाडो बनाउनको लागी वजेट माग्ने काम गरिएको आरोप लगाएका छन ।
स्थानिय नरविर फडेराले ५ कक्षा रहेको विद्यालय अभिभावक लाई कुनै भेला र छलफलनै नगरी दरवन्दी कटौती गरेर ३ मा झारेर अझ १५ लाखको भवन पारेर भवन पनी अधुरै राखेर मागि खाने भाँडो बनाएको आरोप लगाए । अझ यही विद्यालयमा फेरी ५० लाखको भवनको लागी वजेट माग गरेका छन फेरी पनी मागी खाने भाडो बनाउ छन । १५ लाखको निर्माण समितिका अध्यक्ष संग सम्पर्क हुन सकेन । निर्माण समितले पिलरमात्रैका लागि १५ लाख बरावर भएकाे स्थानियलाई जवाफ दिएकाे बताईएकाे छ ।