श्रावण ८ मान्म, कालिकोट जिल्लाकाे खाँडाचक्र नगरपालिकाकाे सुनार खाेलामा गएको पहिराेले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।गय रातिकाे अविरल वर्षको कारण माथिबाट गएको पहिरोले अवरुद्ध भएको राजमार्ग लामो समय सम्म पनि खुल्न सकिरहेको छैन्।
अहिले पहिरो पन्छाउने काम भईरहेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।कर्णाली राजमार्ग नखुल्दा धेरै नागरिकले सास्ती खेप्नुपरेको र कर्णाली राजमार्गमा यात्रा गर्ने यात्री र चालकलाई सधैं हैरानी हुने गरेको चालक बिनाेद खड्काले जानकारी दिए ।
karnalipress
८ श्रावण २०७८, शुक्रबार १२:२५