
ललित विष्ट फागुन ९, कालिकोट ।कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँस्थित गोरालवाडाकी १६ वर्षीय वालिका निरु विक हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। निरुको हत्या भएको १८ महिनापछि दुई जनालाई प्रहरीले पक्राउ गरी वितृत अनुसन्धान थालेको छ ।
विशेष अनुसन्धान अधिकृतहरूलाई खटाएर अनुसन्धान गदै आएको प्रहरीले १८ महिना पछि घटनामा सङ्लन्न रहेको पुष्टि गदै दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा निरु विकको अन्टी खाँडाचक्र नगरपालिका–६ कै वर्ष ३० की कमला बिक र सोही ठाउँका दाई नाता पर्ने वर्ष ४७ का हाल खाँडाचक्र नगरपालिका वडा नं ३ ताडी बस्दै आएका अने नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमाले सुरु देखि अनुसन्धन गर्दा घटनामा सङ्लन्न छन्। भन्ने आधार भेटिएकाले अनुसन्धानमा रोखेको र केही प्रमाण फेला परेपछि पक्राउ गरी अदालतबाट म्याद लिएर गरी वितृत अनुसन्धान सुरु गरेको बताए । उनले घटना अनुसन्धानमै भएकाले केही कुरा गोप्य राखिएको र केही दिन पछि सार्वजनिक गर्ने बताए ।
७ महिनाको विशेष अनुसन्धान पछि प्रहरी सफल
घटनामा सङ्लन्न भएका प्रसस्तै प्रमाण भेटिएपछि वितृत अनुसन्धानको लागी पक्राउ गरेको डिएसपी जयश्वर रिमाले बताए । ‘आफु साउन २५ गते कालिकोट पुगेपछि २७ गतेबाट फाईलहरु हेरेर अनुसन्धान सुरु गरे । उनले भने ‘भाद ४ गते घटना स्थलमा पुगेर पहिलो पटक अनुसन्धान गरियो । त्यस पछि निरनतर ३ पटक सम्म घटना स्थल पुगेर आन्तरिक अनुसन्धान गरी । २०७८ सालमा प्रदेश प्रहरीको टोलिले गरेको अनुसन्धान माथि पनि फेरी टोलि बोलायर थप विवरण लगि पुनः सिआईविको टोलिले विशेष अनुसन्धान गरी उनीहरु घटनामा मुछियको हुन सक्ने प्रमाण भेटियपछि थप अनुसन्धनको लागि पक्राउ गरीएको छ ।’
पक्राउ परेकी कमलाले भदौ ४ गते निरुवालाई ओढ्ने पछ्यौरी समेत दिएको खुलेको थियो । निरु विक २०७८ साल भदौ चार गते घरबाट साँझ निस्किएकी थिइन । निरुको चार दिनपछि भदौ सात गते आधा शरीर जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो । घटनामा रबै प्रमाण मेटिसकेकाले प्रहरीलाई तत्काल अनुसन्धन गर्न असहयोग पुगेको थियो । यो घटना रहस्यमय भएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले सुस्म अध्ययन गरिरहेको थियो ।
यता,प्रहरी प्रशासनसहित विभिन्न सरोकारवाला निकायलाई दबाब दिन परिवार,दलित अधिकारकर्मी र सामाजिक अभियन्ताले पुस १३ गतेदेखि आन्दोलन सुरु गरेका थिय । ‘चे फोर्स नेपाल’ कालिकोटको अगुवाइमा १३ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो । त्यस्तै,उसले १४ गते निरूको न्यायका लागि १२ सय हस्ताक्षर संकलन,१५ गते दलित अधिकारकर्मी,मिडियालगायतका सरोकारवाला निकायको उपस्थितिमा सडक सभा र त्यसपछि मैनबत्ति ¥याली गरिएको थियो । पटक पटकको दवाब पछि प्रहरीले यो घटनालाई निकै चासो दिएको चे फोर्स नेपालका हिक्मतजंङ मल्ले बताए ।



karnalipress
९ फाल्गुन २०७९, मंगलवार १३:०२