सान्नीत्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार केसी र सिंह विजयी

ललित बिष्ट जेठ ३,कालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा (पुतली चिन्हका) स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी (महेश) विजयी भएका छन् । उनले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी पार्वती सिँह १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।

उक्त पालिकामा गठबन्धनले माओवादी केन्द्रका डम्मरबहादुर शाहीलाई टिकट दिएपछि मोहनबहादुर केसी (महेश)ले स्वतन्त्र उम्मेदवार दिएका थिए।

केसीले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गिरी कारबाही गरेको छ ।