कालिकोटको नरहरिनाथमा कांग्रेसका बिष्ट विजयी

ललित बिष्ट जेठ ३,कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका नगेन्द्रबहादुर विष्ट विजयी भएका छन् । बिष्टले २६३६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका धिरबहादुर विष्टले २४४५ मत पाए । धिरबहादुर निवर्तमान अध्यक्षसमेत हुन् ।

अघिल्लो पटक जितेको एमाले यसपटक तेस्रो भएको छ । एमालेका टेकबहादुर बुढाले २०३९ मत ल्याएका छन् । यस्तै चौथो भएका स्वतन्त्र उम्मेदवार एटम विसीले १००९ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका कमलकुमार शाही विजयी भएका छन् । उनले २९१७ मत ल्याए । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता रावलले २२८३ मत पाइन् भने तेस्रो भएको एमालेकी जमुनाकुमारी शाहीले १८५४ मत ल्याइन् ।उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कासीपुरा शाहीले ८४४ मत पाएकी छन् ।

यो गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।