गाेलबद्दभई एमालेमा लाग्न अध्यक्ष शाहीकाे अपिल

कालिकोट ।गाेलबद्द भई नेकपा  एमालेमा लाग्न  पार्टी  अध्यक्ष  नगिन्द्र शाही(नेशनल)ले अपिल गर्नुभएको छ।

पार्टीको आन्तरिक प्रतिस्पर्धासंग डराउनेहरूको एक झुन्ड केन्द्र देखि जिल्लामा सक्रिय भएको समयमा पार्टीलाई कमजोरी पार्न खाेजिरहेकाे भन्दै सबै पार्टी भित्रका कर्याकर्ता सचेत भई नेकपा एमालेमा गाेलबद्द हुन अपिल गरिएको हाे।

आदरणीय कालिकोटवासी दिदीबहिनी,दाजुभाइ तथा सम्पुर्ण नेकपा(एमाले)का नेता,कार्यकर्ता र शुभचिन्तक कमरेडहरू ।
नेकपा(एमाले)नेपालको बामपंथी आन्दोलनको मूलप्रवाह हो । यो पार्टी थुप्रै कमरेडहरूको बलिदानी,त्याग,निष्ठा र योगदानको जगमा निर्माण भएको हो। यसले आफ्नो जीवनमा दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्काउबादसंग अनवरतका संंघर्षमा सौर्य हासिल गर्दै यो मुकाममा पुग्न सफल भएको हो र छ ।

नेकपा एमाले देशको पहिलो शक्ति हुनका पछाडिको पहिलो कारण भनेकै नेपाली जनताको साथ,समर्थन र अथाह माया हो। जतिजति बेला पार्टीलाई संकट पर्छ त्यहीबेला नेपाली जनताले सतिसाल भएर साथ दिदै आएका छन् जसको परिणाम पार्टी भित्रका र बाहिरका अवसरबादी र प्रतिक्रियाबादी परास्त भएको गर्विलो इतिहास साक्षी छ ।

कालिकोट जिल्लामापनि २०५४ सालको बिभाजनमा पार्टीलाई ठुलो धक्का दिन केही ब्यक्तिहरू हात धोएर लागेका थिए तर कालिकोटका जनताले त्यसको उत्तर २०५६ सालको आम चुनावमा एमालेलाई शानदार बिजय गराएको ताजा इतिहास आखाको अगाडि छ। अहिले पनि केही अबसरवादी र फुटपरस्त ब्यक्तिहरू दिनरात लागेका छन्।
पार्टीको आन्तरिक प्रतिस्पर्धासंग डराउनेहरूको एक झुन्ड केन्द्र देखि जिल्लामा सक्रिय छ। अबसरको प्राप्ति नै राजनीतिको उदेश्य ठान्ने प्रवृत्ति भएको त्यो झुन्डको चुंगुलबाट पार्टीपंक्तिलाई बचाउनु पर्ने ऐतिहासिक दायित्व हामी सबैको हो।

नेकपा (एमाले) कालिकोटका नेता,कार्यकर्ता तथा माया गर्ने शुभेच्छुक,शुभचिन्तक सम्पूर्णपार्टी पंक्तिले कोहीकसैको भ्रम र अफवाहमा नपरी पार्टीको आधिकारिक निर्णय र सूर्य चिन्हमा गोलबन्ध भई हर-हमेशा झै सुदृढ एमालेको पक्षमा लाग्न हार्दिक अपिल गर्दछु।
नगिन्द्र शाही(नेशनल)अध्यक्ष नेकपा(एमाले) जिल्ला कमिटी, कालिकोट