
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका—७ मा रहेको कालिका मा.वि विद्यालय पिलिमा विभिन्न प्रजातिका ३ हजार ७ सय ५० वृक्षारोपण गरिएको छ । हरित विद्यालय कार्यक्रम अन्तर्गत विद्यालयको आर्थिक वृद्धिको लागि एक विद्यार्थी एक वृक्षारोपण अभियान थालिएको हो ।
विद्यालयले आफ्नो यरियामा बुद्धचित्त २ सय ३१ विरुवा,कफी १८ सय विरुवा,मेकेडेमिया ५ सय विरुवा,सितल चिनी ५ सय विरुवा,एभोकाडो ७ सय विरुवा विद्यालयले रोपेको विद्यालय व्यवस्थापन समितिकाका अध्यक्ष रमित मल्लले जानकारी दिए । उनले विद्यार्थीहरुलाई प्रत्यक हप्ताको एक दिन नो वुक अभियान समेत चलाएको बताए।
ईको हिमाल नेपालको आर्थिक सहयोगमा ३ हजार ७ सय ५० वृक्षारोपण हो । विद्यालयमा विद्यार्थीको सरसरफाई तथा विरुवा र अन्य ज्ञानमा समेत यो अभियानले सहयोग गर्ने छ। साथै विद्यालयलाई ४ सय पिस नुहाउने सावुन, ४ सय पिस कपडा धुने साबुन ईको हिमाल नेपालले सहयोग गरेको छ।




karnalipress
३१ असार २०८२, मंगलवार १७:३३