प्रदेश क्षेत्रीय कार्यसमिति(क)को सचिवमा उम्मेदवारी दिने तयारीमाःनेता मल्ल

भाद्र १९,कालिकोट। नेपाली काँग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति(क)को सचीवको उम्मेदवारी दिने तयारी रहेको बताईएको छ। नेपाली काँग्रेसको १४औँ महाधिवेशनको पुर्व सन्ध्यामा धेरै कुरा अध्यन गरेर बुझेर क्षेत्रीय सचीवमा उम्मेदवारी दिने निर्णय गरेको नेपाली काँग्रेसका युवा नेता सन्तोष जङ्ग मल्लले बताउनु भयो।

काँग्रेसका सम्पुर्ण नेताहरुले आ-आफ्नो पद सुरक्षीतको होडबाजीमा ब्यस्त रहेको बेला संगठनको चिन्ता प्राय कमै नेताहरूलाई भएको आरोप लगाउदै “कुन ठाउँमा कम्जोर संगठन छ,कम्जोर संगठन भएको ठाउमा कसरी मजबुत बनाउन सकिन्छ भन्ने,कुरामा ध्यान,चिन्ता कमैको मस्तिष्कमा छ,सन्दर्भ मेरो साबिक पाँखा गा.बि.सको बारेमा भन्नुपर्दा हिजो देखि अहिले सम्म संगठन कम्जोर छ,कारण पाँखालाई कुनै पद दिन कन्जुस्याइँ गर्ने अनि संगठन कम्जोर छ,भनेर हेप्ने प्रबिधि अझै कायमै छ अन्य सम्पुर्ण पार्टीका शिर्ष नेताहरु पनि मेरै साबिक पाँखामा भएको हुदा ऊनीहरु संग फेस गर्नको लागी पनि मैले यो निर्णय गर्न बाध्य भएको हु” । उहाँले भन्नुभयो।

हाम्रो पार्टीको चलन जुन ठाउँमा ठुला नेताहरु हुन्छन,जुन ठाउँमा संगठन बलियो हुन्छ हो त्यही ठाउँमा पद दिने चलन छ,यो चलन,चल्ती कहिले सम्म कायम राख्ने जवसम्म पाँखाको संगठन बनाउन सकिदैन तब सम्म नगरपालिका,प्रदेश सभा जित्ने सपना कसैले नदेखे हुन्छ,यो कुरा प्रति सम्पुर्ण नेताहरु चिन्तन हुन,जरुरी छ,प्रदेश क्षेत्रीय सचीव मेरो लागि आवश्यकता नभइ सिङ्गो  पाँखा गाबिस र काँग्रेसको आवश्यकता भएको हुदा आफुले प्रदेश क्षेत्रीय कार्यसमिति(क)को सचीवको उम्मेदवारी दिने तयारी गरेको उहाँले बताउनु भयो ।