७ पुष,कालिकोट । कालिकोटको सरुवा रोग अस्पताल उद्घाटन मै सिमित रहेको छ। कर्णाली प्रदेस सामाजिक विकास मन्त्राालयले बेवास्ता गर्दा अस्पतालमा दरवन्दी कायम नभई उद्घाटन मै सिमित रहेको हो ।
मंसिर ६ गते कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरुवारोग अस्पतालको उद्घाटन गदै रोग भोग र अशिक्षाको उपादी पाएको कर्णालीमा अन्य सेवा संगै छुट्टै सरुवा रोग अस्पताल वनाउन आफुले निकै प्रयास गरेको र त्यो सफल भएको बताएका थिए । सरुवा रोग अस्पताल उद्घाटन गरेको एक महिना बित्दा सम्म पनि दरवन्दी कायम नहुदा अस्पताल जस्ताको त्यतै रहेको छ ।
राजनितीमा सफल हुनकालागि नेकपा माओबादी केन्द्रका नेता महेन्द्र शाहीले दरवन्दी कायम नभएकै हस्पताल उद्घाटन गर्दा यो समस्या हाएको स्थानियको भनाई छ । कर्णाली प्रदेश सरकारको १ करोड सहयोगमा संन्चालनमा आएको सो अस्पताल अहिले २१ जनाको दरवन्दी कायम हुनु पर्नेमा एजाना पनि नभएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए,उनले भने,हामिले कर्णाली प्रदेशलाई चिठि पठाको तर मन्त्रालयले डाक्टर नपठाएको बताए ।
कालिकोटको सरुवा रोग अस्पतालको बारेमा आफुले पनि कर्णाली प्रदेश सरकालाई दरबन्दी कायक गरीदिन माग गरेको र पौष अन्तीम सम्म अस्पतालमा सबै जनसक्ती कायम गरी सक्ने निमित्त स्वास्थ्य कार्यालय प्रमुख रत्नबिर सुनारले बताए।
karnalipress
७ पुष २०७८, बुधबार १२:०७