कालीकोट कारागारवाट १२ कैदीको कैद कट्टा

असोज ३,कालिकोट। संबिधान दिवसको अवसर कालीकोट कारागारवाट १२ जना कैदीको कैद कट्टा भएको छ । देश भर ५२३ जनाको कैद कट्टा र ८ जनालाई आम माफि दिने क्रममा कालिकोट कारागारका १२ जनाकाे कैदी मिनाहा भएको हाे।

जिल्ला कारागार कालीकोट प्रमुख जेलर नरहवहादुर सार्किका अनुसार  वहुविवाह मुद्धामा कसुर ठहर भएका दुइ जना महिलाका साथ १० जना पुरुष गरी १२ जना वन्दीको कैद मिनाह भएको बताईएकाे छ।

उहाँले कैद मिनाह हुने अधिकांस ज्यान मुद्धामा दोसि ठहर भएका ब्यक्ति रहेको वताउनुभयो । ५० प्रतिसत भन्दा वढि कैद सजाय भुक्तान गरेकालाई कैद मिनाहका लागि सिफारिस गरिएको थियो ।