नेपालमा एमसीसी पास भए राष्ट्रिय मुक्ति युद्ध हुन्छःनेता रणविर

पौष ६, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणविरले जवर्जस्त नेपालमा एमसीसी पास गराए राष्ट्रिय मुक्ति युद्ध गर्ने चेतावनी दिनु भएको छ ।

एमसीसी विरुद्ध संयुक्त विरोध प्रदर्शनको क्रममा मान्मको जिरो पोइन्टबाट विरोध प्रर्दशन पछि प्रतिमा चोकमा भएको कोणसभालाई सम्वोधन गर्दै नेता रणविरले यस्तो चेतावनी दिनु भएको हो ।

उहाँले भन्नु भयो “नेपाल राष्ट्र र जनतालाई विकासको नाममा उल्लु नवनाउनु, एमसीसी नेपालमा जवर्जस्त लादीए दलालहरु वस्ने क्याम्प आन्दोलनका मोर्चा हुने र त्यहि आन्दोलनका मोर्चावाट दलालहरु खरानीहुने चेतावनी दिनु भयो ।

नेता रणविरले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गर्नुभयो ।

विरोध प्रदर्शन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज विराट, जनमोर्चाका केन्द्रीय सदस्य कमल शाही लगायतले सम्बोधन गर्नुभएको थियोे ।