
कालिकोट — नेकपा एमाले कालिकोट जिल्लाका पार्टी उपाध्यक्ष रमेश कुमार शाहीले पार्टी भित्र सर्घष गरी एमालेलाई बलियो पार्टी बनाउने बताउनु भयो।
नेकपा एमाले कालिकोटको अगुवा जिल्ला भेलामा बोल्दै नेता शाहीले विशाल पार्टीमा अनेकौ किसमका मतभेदहरु उत्पन्न हुन्छन ति मतभेदहरुको सावधान पार्टी भित्रै गरेर अगाढी बढ्ने बेलामा अकै पार्टी गठन गरेर माधव नेपालले गल्ति गरेको बताउनु भएको छ ।
१५ वर्ष नेकपा एमालेको नेतृत्व गरेका माधव नेपालले आफ्नो निजि व्यत्तलीगत स्वार्थका लागी मात्रै हजारौ नेता कार्यकर्ताहरुको पार्टीमा दिएको बलिदानलाई खोलामा फालेर राजनितिक भविश्य बिगार्न खोजेको आरोप लगाउदै। आफुपनी पार्टीको ९ औँ अधिवेशनमा माधव समुहबाटै निर्वाचित उपाध्यक्ष भएपनी अहिले माधव नेपालले पार्टी छाडेर गएपनी विगतमा पार्टी फुटाएर जानेको हालत जस्तै हुने बताउनु भयो ।



karnalipress
२१ भाद्र २०७८, सोमबार १७:४३