अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुन १९,कालिकोट। पत्रकार तथा स्वास्थ्य संचारकर्मीहरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा जिल्ला स्थित पत्रकारहरुलाई एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालिकोटले  आर्थिक बर्ष ०७८/७९ हालसम्म गरेको सेवा र उपलब्धि,चुनौतीलाई प्रष्ट पारीएको थियो।

कार्यक्रममा बोल्दै डा. रत्नवबीर सुनारले स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकलाई सुसूचित गराउ र खोपको पँहुचमा सबै नागरीकलाई पुगाउन सहभागि पत्रकारहरुलाई आग्रह समेत गरे । स्वास्थय क्षेत्रमा जुनसुकै बिरामको पनि सफल उपचार गर्न सफल भएको स्वास्थय सेवा कार्यालय कालिकोटले जनाएको छ।

कोरोनाको बारेमा जानकारी दिदै जनस्वास्थ्य अधिकृत गौरा घर्तीमगरले कोरोना भाइरस कोभिड- १९ सुरु भएदेखि हालसम्मको कालिकोटमा कोभिड अबस्था बारे जानकारि गराउदै कालीकोट जिल्लामा कोभिड- १९ का कारण ७ जनाको मृत्यु भएको बताइन्  र यो हुनु दुखद रहेको बताइन् । स्वास्थ्य सेवा कार्यालय कालिकोटका ब्यवस्थापक डा. रत्नबीर सुनारको अध्यक्षता,जनस्वास्थ्य अधिकृत कटक महतको बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा जिल्ला स्थित पत्रकार हरुको सहभागिता रहेको थियो ।