
जेठ६,कालिकोट । कालिकाेटकाे पचालझरना गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार देवराज शाही (अग्नि) विजयी भएका छन्। शाहीले २ हजार ३ सय ६२ मत ल्याएर विजयी भएका हुन् ।शाहीका प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकबहादुर बोगटीले १ हजार ७ सय २९ मत प्राप्त गरे।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै अल्किना बम (बबिता) बिजयी भएकि छन् । बमले २हजार ३ सय ९८ मत प्राप्त गरेकि छन् । बमका प्रतिस्पर्धी नेकपा एमालेका रन रोकायाले १ हजार २ सय ३६ मत प्राप्त गरेका छन् ।
पचालझरना गाउँपालिकाको वडा नं. ५ मा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् भने अन्य सबै वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।



karnalipress
६ जेष्ठ २०७९, शुक्रबार १५:४१