जन्मदिनमा बिपन्न परिवारलाई सहयोग

श्रावण २१, कालिकोट। अनेरास्ववियू कालिकोटका जिल्ला संयोजक धर्मबहादुर शाहीले बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ।

युवानेता शाहीको जन्मदिनको अवसर पारेर जिल्लाको सान्नीत्रिबेणी गाउँपालिका वडान.६ निवासि धनसुरे लुवारका परिवारलाई बिहिबार खाद्यान्न सहयोग गर्नु भएकाे हाे।

युवा नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा आफुले सक्दो सहयोग गर्न पाउँदा खुसी लागेकाे बताउदै,आउदा दिनहरु मा पनि सक्दो सहयोग गर्ने बताउनुभयाे अरुले पनि जन्म दिनको अवसर मा फजुल खर्च गर्नु भन्दा दुखी गरिबलाई  सहयोग गर्दा केही राहात मिल्ने उहाँको भनाई छ।

जन्मदिनको अवसरमा आफुलाई सहयोग गरेको भन्दै धनसुरे लुवारले धन्यवाद दिनुभयो। उक्त कार्यक्रमा चामल,नुन,तेल गरी जम्मा पाँचहजार बरावरको खाद्यान्न सहयोग गरीएको थियो।