
पलाँता। कालिकोट जिल्लाकाे पलाँता गाउँपालिका वडानं.१ का चार ओटा बिद्यालयकाे अनुगमन गरिएको छ।गाउँपालिका उपाध्यक्ष दाना न्याैपाने, शिक्षा बिभाग प्रमुख टक बहादुर बम, पत्रकार ललित बिष्ट लगाएको टाेलिले अनुगमन गरेको हाे।
मंगलबार अनुगमनकाे क्रममा गाउँपालिकाकाे वडानं.१काे धवलपुरा आ.वि,जनज्योति आ.वि,कालिका मा.वि विद्यालय पुलाहा र गणेश आधारभुत बिद्यालय खाडामा अनुगमन गर्दा बिद्यालयमा शिक्षाको उपस्थिति न्युन हुने,लेखा परिक्षण नभएको र विद्यालय भवन जिर्ण हुदै गएको पाईएको छ।यस्तै निजि स्वरतका शिक्षकलाई तलब खुवाउन समस्य हुनेगरेकाे धवलपुरा आधारभूत विद्यालयका प्रधानाध्यापक तेजबहादुर सार्कीकाे भनाई छ।
विद्यालयमा अनुगमन गर्ने क्रममा गणेश आधार भुत विद्यालयमा र धवलपुरा आधारभूत विद्यालयमा मात्र विद्यालयकाे लेखा परिक्षण भएको र कालिका मा.वि र जनज्योति आ.विमा लेखा परिक्षण नभएको पाईएकाे छ।गाउँपालिकाले १५ गते भित्र लेखा परिक्षण गरि प्रतिवेदन दिई सक्नुपर्ने भनी गरेको निर्णय अनुसार नभएको गाउँपालिका शिक्ष बिभाग प्रमुख टक बहादुर बमले बताउनु भयो।
गाउँपालिकाकाे वडानं.१ मा मात्र चार विद्यालयमा शैक्षिक संरचनाको मर्मत र निर्माणकाे लागि प्रध्यानाध्यापकले माग गरेका छन्।
यस्तै बुधबार गाउँपालिकाको वडानं.२ राडुनेटाको शरस्वती मा.वि विद्यालयमा अनुगमन गरिएको छ।विद्यालयमा खानेपानी,सैचालय र खेल सामग्री अभाव भएको पाईएकाे छ। साथै विद्यालयमा शैक्षिक गुणस्तर र शैक्षिक संरचनाको मर्मत र निर्माणकाेलागि आवश्यक सहयोग गरीदिन शरस्वती माध्यामिक विद्यालय प्रधानाध्यापक र्सजन प्याकुले अनारोध गरेका छन्।पलाँता गाउँपालिकाका सबै विद्यालय कार्तीक १८ गते देखि २२ गते सम्मको लागि बन्द गरीएको छ





karnalipress
१७ कार्तिक २०७८, बुधबार १४:५३