नेकपा एस आठबिस नगर अध्यक्ष एमालेमा फिर्ता

दैलेख। नेकपा एमालेवाट चोईटिएर गएको माधव नेपाल नेतृत्वमा गठीत नेकपा एकिृत समाजवादीमा बिचलन आउनेक्रम जारी रहेको छ । एमाले फुटाएर माओवादी, काग्रेस संग समिकरण गरी सरकारमा पुगेको नेकपा एस भित्रको आन्तरिक बिद्रोह दिन प्रतिदिन वढिरहेको छ । केही अगाडी मात्र दैलेखको आठबिस नगरपालिकामा नेकपा एसले नगरकमिटि बिस्तार गरेको थियो ।

एमालेका नगरकमिटिका सदस्य छत्रवहादुर माझिलाई नगर अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो । तर उनै माझिले शनिवार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी नेकपा एमालेमा आफु फिर्ता भएको जानकारी गराउनुभयो । बिभिन्न कुरा गरेर आफुलाई एसको नगर अध्यक्ष वनाएको र आफुलाई माधव समुहको दास मनोबृर्ती मन नपरेका कारणले आफुले आफ्नो मुल पार्टी एमालेमै फर्किएको बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

नेता माझिले माओवादीको हुलाकी र काग्रेसको भान्से भएर समाजवादी भन्ने नामको पार्टी जन्मीएको कुरा जानकारी पाएपछि आफुले यस्तो निर्णय गरेको वताउनुभयो । हामी भ्रममा थियौँ त्यो भ्रम अरुलाई नहोस भनेर आफुले दैलेखका वडा अधिवेशन हुनु पहिला नै आफ्नो पार्टीमा आएको र जुन जिम्मेरी दिन्छ उसैमा वसेर पार्टीको निर्देशनमा काम गर्ने र जनताको सेवामा लाग्ने प्रतिवद्धता समेत गर्नुभएको छ ।