
१५ पुस,कालिकोट कालिकोटको खाँडाचक्र नगरपालिका वडा.८ को जनप्रभात माध्यमिक विद्यालय सेरावाडालाई कर्णाली प्रदेशकै दोस्रो तिन तारे विद्यालय घोषणा गरिएको छ । बालमैत्री विद्यालय,खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी ३० वटा मापदण्डहरू पूरा गरेपछि यो विद्यालयलाई विहिबार तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।
युनिसेफ नेपाल र खाँडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा जनप्रभात माध्यमिक विद्यालय सेरावाडालाई तिन तारे विद्यालय घोषणा गरिएको प्रध्याना ध्यापक पदम मल्लले जानकारी दिए। कार्यक्रममा खाँडाचचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे, शिक्षक लगाएको सहभागीता रहेको थियो।



karnalipress
१५ पुष २०७८, बिहीबार १८:४२