
साउन २१,कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सुनार खोलामा गाडी बिग्रिँदा राजमार्ग अवरुद्ध भएको छ । ट्रकको एक्सल भाँचिएकाले राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट कालिकोट, जुम्ला र मुगुका लागि हिँडेका ट्रक तथा बस जीप बीच बाटोमै रोकिएका छन् । खोल्सोमा भएको बलौटे माटो पानी पर्नासाथ बगाउने भएकाले त्यहाँ सधै सडक अवरुद्ध हुने गरेको छ ।
अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए उनका अनुसार अहिले साना गाडीहरु पास भए पनि ठूला गाडीहरु भने पास हुन सकेका छैनन् ।
बिहानैदेखि सडक अवरुद्ध भएपछि यात्रुहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् । वर्षातको समयमा सुना खोलामा समस्या हुने गरेको छ ।
karnalipress
२१ श्रावण २०७९, शनिबार १९:५६