
पुस २५,कालीकोट। कालिकोट जिल्लामा कोरोनाका संक्रमित देखापर्न सुरु भएको छ । कोरोना शून्य भएको दुई महिना पछि पहिलो पटक जिल्लामा पुनः दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ ।
खाँडाचक्र नगरपालिका –२ का एकै परिवारका दमप्तीमा कोरोना पुष्टि भएको र हाल उनिहरुलाई होम आईसोलेसनमा रहन सुझाव दिएको स्वास्थ सेवा कार्यालयका सुचना अधिकारी कटक महतले बताए ।
उनले भने,कालीकोट जिल्लामा कोरोनाका बिरामी देखापर्ने क्रम बढेकोले सम्पुर्ण नागरिकले जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्न स्वास्थ सेवा कार्यालय अनुरोध गर्द छ । कालीकोट जिल्लामा अहिले स्वास्थ्यको मापदण्ड र सामाजिक दुरी कायम नगिरी हिडडुल गर्ने धरै भएकाले संक्रमित थपिन सक्ने अनुमान गरीएको छ ।
karnalipress
२५ पुष २०७८, आईतवार १७:१२