
ललित बिष्ट भाद्र १२,कालीकोट, जिल्ला रास्कोट नगरपालिकाका नागरिक आन्दोलीत भएका छन । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै बृद्र बृद्राहरू आन्दोलित भएका हुन । नगरपालिकाले वैक मार्फत समाजिक सुरक्षा भत्ता दिदै आएपनि यो गएको आर्थिक मसान्तमा पाउनु पर्ने भत्ता नदिएपछि नागरपालिका भरीका नागरिक आन्दोलित भएका छन् ।
नयाँ आर्थिक वर्षाको पहिलो चौमासिक निकास आउने समय नजिक अउदा पनि नगरपालिकाले भत्ता निकासा नभएको भन्दै रोकेको छ । साममजिक सुरक्षा किन ढिलो गरेको भन्दै वडा देख नगर सम्म बृद्रबृद्राले घेराउ गरेका छन । हाम्रो भत्ता खै भन्दै नागिरकले नगरमा गएर नारावाजि गरेका थिए भने वडानं.६ को वडा कार्यलयमा ताला समेत लगाएका थियाे ।
लाठी टेक्दै वडा तथा नगरमा पुगेका बृद्रबृद्राहरूले ताला समेत लगाएका छन । आर्थिक मसान्तमा सबै रकम निकासा हुने र खाता शून्य गराउने पर्ने सरकारी निएम छ । तर रास्कोट नगरपालिकाले भने रकम नै निकासा नभएको भन्दै आएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत जवानसिह बमले माथिवाट वजेट अपुग आएकाले वाड्न नपुगेर रोकिएको अब एकै पटक दुई चौमासिको भुक्तानि हुने वताउनुभयो ।
कालीकोटकाे कोष तथा लेखा नियन्त्र कार्यालयका वसन्त श्रेष्टले भने माग नै नगरपालिकाले नगरेका कारणले अपुग वजेट आएको वताउनुभयो । नियनत्रक श्रेष्ठले पुर्ण वजेट नआएर होला । जति आयो त्यति निकासा हुदा नगरपालिकाले यो वजेट सबै वडा सम्मलाई नपुग्ने भएकाले बिबिध कोषमा राख्ने र अरू वजेट माग गरेर सबैलाई एकमुष्ट भुक्तानि गर्न आफुले सुझाव दिएको वताउनु भयो । नगरपालिकाले बैंकवाट भत्ता बितरण गर्ने भएकाले थप वजेट आएमा सबै वडाको समाजिक सुरक्षा भत्ता एकै पटक दिने योजना वनाएको छ ।



karnalipress
१२ भाद्र २०७८, शनिबार १९:४५