ललित बिष्ट फागुन ५,कालिकोट । कालिकोट जिल्लाका ९ वटै स्थानिय तह र जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार जिल्लामा १८ हजार १ सय १५ जना नयाँ मतदाता थपिएका छन । २०७४ सालको निर्वाचन पछीक १८ हजार १ सय १५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जानाएको छ ।
कालिकोट जिल्लामा १ सय ७१ जना वाहिर जिल्लाकाले मतदाता नामावली बनाएका र उनिहरुले आफ्नै जिल्लामा मत हाल्न पाउने शुचना अधिकारी लक्ष्मण शाहीले बताए । जिल्लामा अहिले ८३ हजार ७६ जना मतदाता पुगेका छन । जिल्ला निर्वाचन कार्यालय कालिकोटका अनुसार पुरानो र अहिले पछिल्लो समयगरी जम्मा ८३ हजार ७६ जना मतदाता पुगेको कार्यालयले जनाएको छ । जिल्लाका ९ वटै स्थानिय तहहरु मध्य सवैभन्दा बढि नरहरीनाथ गाउँपालिका र सवैभन्दा कम महावै गाउँपालिकामा रहेका छन ।
नरहरीनाथ गाउँपालिकामा १२ हजार ८ सय १७ र महावै गाउँपालिकामा ५ हजार ५ सय ४८ जना मतदाता रहेका छन । यस्तै खाँडाचक्र नगरपालिकामा ११ हजार ५ सय ४७, रास्कोट नगरपालिकामा दश हजार ५ सय ३६, तिलागुफा नगरपालिकामा दश हजार २६, पलाँता गाउँपालिकामा ८ हजार १ सय ७७, पचालझरना गाउँपालिकामा ७ हजार पाँच सय ४, शुभकालिका गाउँपालिकामा ९ हजार २८, शान्नि त्रिवेणी गाउँपालिकामा ७ हजार एक सय ९३ जना मतदाता रहेको संख्या निर्वाचन आयोगमा पठाएको निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए । उनले भने अहिले ४३ हजार एक सय ३८ पुरुष र ३९ हजार ९ सय ३८ माहिलाको संख्या रहेका छन ।२०७४ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको बेला कालिकोटमा ६४ हजार ९ सय ६१ मतदाता रहेको कालिकोटमा पाँच वर्षपछी थपिएर ८३ हजार ७६ पुगेको छ ।
karnalipress
५ फाल्गुन २०७८, बिहीबार १८:२२